काठमाडौं- चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ ।
प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच ।
श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ ।
नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ ।
नेपालको श्रीपेच लेखेरै राखिए पनि यो ‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक प्रदर्शनीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया