१. माओवादी केन्द्रको महाधिवेशनमा विभिन्न समूहरुको निष्कर्ष सुनाउने क्रम जारी, ११ वटा समूहले आज निष्कर्ष सुनाए, बाँकी १५ वटा समूहको भोलि ११ बजेबाट सुरु हुने ।
२. लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, समूहगत छलफलको निष्कर्ष प्रस्तुत भएपछि निर्वाचन प्रक्रियामा जाने तयारी ।
३. नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न गृहमन्त्री बालकृष्ण खाँणको आग्रह, नागरिकलाई एक दिनमात्र नभई हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त ।
४. देशमा राजसंस्थाको आवश्यकता बढेर गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ, राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा रहेको टिप्पणी ।
५. सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाइ, आफ्नो पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिने प्रतिक्रिया ।
६. बुधबार काठमाडौं उपत्यकासहित देशैभर वर्षा, वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो, जनजीवन कष्टकर ।
७. तमु ल्होसारको अवसरमा भोलि सार्वजनिकबिदा दिने सरकारको निर्णय, सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु पनि बन्द रहने ।
८. सिरिन्ज अभाव भएपछी स्थगित भएको फाइजर खोप कार्यक्रम १० दिनभित्र सुरु गर्ने सरकारको तयारी, काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई दिइने ।
९. बैंक तथा वित्तीय संस्थामा तरलता संकट झन् गहिरिँदै, पुस लागेपछि अझै घट्न थाल्यो निक्षेप संकलन ।
१०. पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २५३ जना संक्रमणमुक्त, दुई जनाको मृत्यु ।
११. तरलता अभावसँगै अस्थिर बन्दै सेयर बजार, नेप्से परिसूचक ५ दशमलव ५१ अंकले बढ्दा तीन अर्ब ६२ करोडको कारोबार ।
१२. चीनले विकास गर्यो आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर, उक्त प्रोसिक्युटरले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी।
१३. सुडानमा सुन खानी भत्किँदा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौं बेपत्ता, बेपत्ताको खोजी कार्य जारी ।
१४. रोनाल्डोको शालिक भारतको गोहामा अनावरण गर्दा स्थानीयको विरोध, उक्त स्थानमा अर्जुन पुरस्कार विजेता भारतीय फुटबल टिमका कप्तान ब्रुनोको राख्नुपर्ने माग ।
१५. र इंगलिस प्रिमियर लिग अन्तर्गतको खेलमा आज चेल्सी र ब्राइटन भिड्दै, दुवै टीम एक अर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया