सहकारी ठगी प्रकरणः जेल गए इच्छाराज तमाङ

लोकपथ
0
Shares

सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतले बुधबारको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठ​लाई पनि लागि थुनामा पठाउने अदालतको आदेश हो ।

सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।
अदालतले केही अभियुक्तलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ भने अन्यको हकमा साधारण तारेखमा रिहा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?