१५ करोड भन्दा बढी रकम हिनामिना प्रकरणमा बैंकका सीईओ पक्राउ

लोकपथ
392
Shares

करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा मुछिएका विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।
बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् ।
धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको रकम हिनामिना भएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?