बेलायती राजकुमारी डायना हस्तलिखित पत्र डाक लिलाममा

एजेन्सी :बेलायती राजकुमारी डायना हस्तलिखित एक पत्रको डाक लिलाम गरी  बिक्री गरिने भएको छ । उनले आफ्ना आयोजकहरूका लागि लेखेको सानो हस्तलिलिखत पत्रलाई डाक लिलाममा राखिने भएको हो ।

डेली मेलले सार्वजनिक गरेको  पत्रमा दिवंगत राजकुमारीले “प्रिसेस अफ वेल्स” आफ्ना आयोजकहरूलाई क्रिसमसका अवसरमा तयार पारिएको चकलेटका बारेमा एक नोट लेखेकी छिन् ।

पत्रमा लेखिएको छ – डियर अल , जस्ट अ क्विक नोट टु सेइ अन इनरमस फर अल यु अरगनाइज्ड एन्ड डिड ओभर क्रिसमस । एज फर द्याट डिलिसस बक्स अफ चकलेट्स, आइ ह्याव हेल्प्ड फिनिस देम एन्ड नाउ फिल भेरी लार्ज , आइ डु होप इन्ज्वोइड द डेइ एज आइ अबिभियसली डिड एन्ड अगेइन मेनि मेनि थ्यांक्स फर मेइकिंग क्रिसमस डेइ सो मेमोरइबल” 

पत्रलाई “विद लभ फ्रम, डायना” लेखेर समाप्त गरिएको छ ।

पत्रको शीर्षमा राजकुमारी डायनाको घरको ठेकान र टेलिफोन लेखिएको भएपनि यसमा मिति भने उल्लेख गरिएको छ । तर यो पत्र  राजकुमार चाल्र्ससँग राजकुमारी डायनाका मगनी हुन अघि लेखिएको अनुमान गरिएको छ ।

डेली मेलले प्रतिलिपि सार्वजनिक गरेको छ भने यो पत्रको मूल प्रति जुलियन अक्सनसँग रहेको छ । यो पत्रको बिक्री लाखौं डलरमा हुने अपेक्षा गरिएको छ । गत महिना राजकुमारी डायनाको अर्को पत्रको लिलामी गरिएको थियो । त्यो डायना ३० वर्षकी बेला लेखिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?