माथिल्लो तामाकोशीको २ कराेड ६४ लाख ७५ हजार कित्ता अार्इपीअो स्वीकृत

काठमाडौं : निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविधुत अायोजनाले २ करोड ६४ लाख ७५ हजार कित्ता सर्वसाधारण शेयर (अार्इपीअो) बेच्ने भएको छ । अार्इपीअो बिक्री गर्न अायोजनालार्इ धितोपत्र बोर्डले अनुमति दिएको छ । 

सर्वसाधारणले प्रतिकित्ता १ सय रूपैयाँ खर्चेर तामाकोशीको शेयर किन्न सक्नेछन् । नागरिक लगानी कोष र सनरार्इज क्यापिटललार्इ अायोजनाले शेयर बिक्री प्रबन्धकको जिम्मा दिएको छ । 

अायोजनाले जारी गर्न लागेको कूल अार्इपीअोको कित्तामध्ये १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता अायोजना प्रभावित स्थानीयलार्इ छुट्याएको छ । यस्तै, १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणले खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?