२० मङ्सिर २०८०, बुधबार

तरकारीको मूल्य आकासियो

२०७४,आश्विन,२५,बुधबार ०८:५२

0
Shares

तेह्रथुम, २५ असोज ।दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ ।दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ ।त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् ।तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताए । मुख्य आमदानीको स्रोत तरकारीखेतीलाई बनाएका यहाँका किसानले यस वर्ष बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गरेका छन् ।बन्दागोभी, काउली र मुला बिक्री गरेर लाखाँैं रुपैयाँ हात पारिरहेका छन् । अन्य आम्दानीको स्रोत नभएका र व्यावसायिक बेमौसमी तरकारीखेतीमा लागेका किसानका लागि चाडबाडको समयमा हुने तरकारीको मूल्य वृद्धिले फाइदा पु¥याएकोे छ । जिल्लाको फुलेक, सुङनाम, सोल्मा, जिरिखिम्ती, हमरजुङ, आङदिम, दाँगपा र वसन्तपुर, संखुवासभाको तामाफोक र मामलिङ तथा धनकुटाको मारेककटहरे, डाँडागाउँ, परेवा दिन, मूर्तिढुंगा, ताङखुवा, भीरगाउँ, पाख्रिबास, तेलियालगायतका किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका छन् ।बेमौसमी तरकारी खेती यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउने गतिलो माध्यम बनेको छ । धनकुटाको हिलेदेखि तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरेसम्मका सडकका दायाँबायाँका हजारौँं रोपनीमा बेमौसमी तरकारी खेती गरिएको छ । यस क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारी धरान, विराटनगर, विर्तामोड, नारायणघाट, वीरगन्जलगायतका बजारमा बिक्री हुन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०८:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ“कोक बडी” एप

काठमाडौं । रौतहटका विभिन्न स्थानमा लाग्ने हाटबजार तथा खाद्यान्न भण्डार (गोला) मा नापतौलका लागि ढकको साटो ढुंगाको प्रयोग हुने गरेको

काठमाडौं । विश्वचर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले नेपाली बजारमा निकै सफलता पाएको छ । रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका

काठमाडौं । कारोबारको चौथो दिन आज बुधवार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८

ताजा समाचार