निजी आवास पुनर्निर्माणमा काठमाडौं सबैभन्दा कमजोर

काठमाडौं–  भूकम्पपछिको पुनर्निर्माणमा अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौं सबैभन्दा कमजोर देखिएको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
नीति निर्माण गर्नेदेखि पुननिर्माणलाई गति दिनका लागि निर्देशन दिने मुख्य केन्द्र काठमाडौंकै निजी आवास पुनर्निर्माणको अवस्था सबैभन्दा कमजोर देखिएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार पूर्ण क्षति र प्रवलीकरण गर्नुपर्ने ४५ हजार ८ सय घुधुरी रहेकोमा हालसम्म ५ हजार ४ सय ७ अर्थात ११ प्रतिशतमात्रै पुनर्निर्माण सम्पन्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?