तीन बर्षमा बाढीपीडितमुक्त बनाउँछु : सिंचार्इमन्त्री पुन

बर्दिया : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बर्दिया जिल्लालार्इ ३ बर्षभित्र बाढीपिडितमुक्त बनाउने अाश्वासन दिएका छन् । 

बर्दियाका विभिन्न सिंचार्इ परियोजनाहरूको अनुगमन गर्दै पुनले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताए । बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यक्त मन्त्री पुनले पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताए । मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने दाबी गरे । 

अनुगमनका क्रममा उनले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना तीन अर्ब ९२ करोड रूपैयाँ लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गरे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ ।

दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसी जनताले दुःख भएको हुँदा गुरुयोजनानुसार नदी नियन्त्रण गर्न बजेट छुट्याइने र तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त बनाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?