माओवादीकाे बन्दसत्रमा रिपोर्टिङ सुरु

लोकपथ
77
Shares

काठमाडौँ । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको छ ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ । त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन् ।

समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ । प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?