गोकुलेश्वर कृषि कलेजका प्रमुख सम्मानित

बैतडी–कलेजको  विकासको लागी योगदान पुर्याएको भन्दै बैतडीको गोकुलेश्वर कृषि तथा पशुबिज्ञान कलेजका प्रमुख सम्मानित भएका छन् ।
 कलेजमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)आज एक कार्यक्रमको आयोजना गरी कलेज प्रमुख प्रमानन्द जोशीलाई सम्मान गरेको हो ।
उृनलाई स्ववियुका सभापती राजेन्द्र बमसहितका पदाधिकारीले खादा र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
 यसका साथै सोही समारोहमा कलेज व्यवस्थापन समितिलाई समेत सम्मान गरिएको छ । कलेज व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष गोपाल कार्कीलाई पनि खादा र कदरसहित सम्मान गरिएको कलेजका स्ववियु सभापती राजेन्द्र बमले जानकारी दिए ।
 कलेज स्थापनाकालदेखि नै कलेजमा शैक्षिक गुणस्तर कायम गर्न तथा कलेजको सर्वाङ्गिण विकासको लागी कलेज प्रमुख र कलेज व्यवस्थापन समितिको महत्वपुर्ण भुमिका खेलेकोले दुबैलाई सम्मान गरिएको स्वावियु सभापती बमले जानकारी दिए ।
यसैबिच गोकुलेश्वर कृषि तथा पशुबिज्ञान कलेजको स्ववियुको आयोजनामा आज रिपार्टर तथा प्रपोजल राईटिंगसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।  कलेजमा अध्ययनरत विद्यार्थीहरुको आठौं सेमेस्टरमा युपिए रिपोर्ट बनाउनपर्ने भएकोले उक्त रिपोर्ट बनाउन सजिलो होस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको जनाएको छ ।  यसका साथै भबिष्यमा पनि अध्ययनका साथै प्रपोजल बनाउन सजिलो होस तथा अध्ययन,अनुसन्धानमा सहयोग पुग्ने भएकोले विद्यार्थीलाई तालिम दिईएको  स्ववियुले जनाएको छ । तालिमको पशिक्षका रुपमा अमेरिकामा अनुसन्धानकर्ताका रुपमा रहेका एलेक्स ग्रीनी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?