१२ माघ २०७९, बिहीवार

सिके राउतको बन्द : रौतहटमा आंशिक प्रभाव

२०७८,पुष,१४,बुधबार १२:४७

180
Shares

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ । तर बन्दको आंशिक प्रभाव परेको छ । रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका आठवटै जिल्लाका उद्योग कलकारखाना, शैक्षिक संस्थानहरू पूर्ववत् रूपमा सञ्चालनमा रहेका छन् । रौतहटमा मात्रै २० प्रतिशत बजार बन्द रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यातायात सबै जिल्लामा सुचारु रहे पनि रौतहटमा २०, सर्लाहीमा २० र धनुषामा ५ प्रतिशत मात्रै प्रभावित रहेको प्रहरीको भनाइ छ ।

सिरहाको औरही गाउँपालिकामा किसानहरूका लागि गहुँको बिउ स्थानीय किसानलाई वितरण नगरेको र किसानहरूले जबर्जस्ती आफै लगेपछि प्रहरीले चारजना किसानलाई पक्राउ गरेको थियो । सो घटनालाई लिएर जनमत पार्टीले चार दिनदेखि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

 

प्रकाशित मिति: २०७८,पुष,१४,बुधबार १२:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६