१२ माघ २०७८, बुधबार

प्रतिव्यक्ति ६ लाख ५० हजार ठगेको आरोपमा पक्राउ

२०७५,जेष्ठ,२३,बुधबार १४:३६

0
Shares

काठमाडौँ – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । भट्टराईले प्रतिमहीना ७५० अमेरिकी डलर तलब हुने भनी प्रलोभनमा पारेर नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनलाई मानव बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
 मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाख जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२३,बुधबार १४:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४