काठमाडौं । ५औं राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी—२०७८ माघ ५ गते चितवनमा आयोजना हुने भएको छ ।
पाँचौँ राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी, २०७८ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी माघ ५ देखि ८ गतेसम्म, भरतपुर महानगरपालिका, चितवन एक्स्पो सेन्टरको हलमा आयोजना हुने भएको हो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धि आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बीउबिजन, आधुनिक सिँचाइ लगाएतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहनेछ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषकहरुलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७२ कोहलपुर, बाँके, Nepal Agritech International Expo, 2017 भृकुटीमण्डप, काठमाडौं , तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६, चितवनमा सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया