नयाँ बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

लोकपथ
1.8k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । ती युवतीलाई पटक-पटक गरी विभिन्न समयमा उनीहरुले बलात्कार गरेको आरोप छ ।

मंगलबार पीडित युवतीका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको हो । युवतीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?