कैलाली । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात र तराईमा वर्षा भएको छ । बुधवार बिहानैदेखि हिमपात र वर्षा सुरु भएपछि चिसो बढेको हो ।
यहाँका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ भने कैलाली र कञ्चनपुरमा वर्षा सुरु भएसँगै चिसो बढेको हो ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको छ । यस्तै बैतढीको खोडपेमा पनि बाक्लो हिमपात भएको छ ।
यस्तै दार्चुलाको ब्यास गाउँपालिकामा पनि बाक्लो हिम्पात भएको छ । अहिले उक्त क्षेत्रमा ४ फिट जति हिउँ जमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया