अनमोल केसी, बलिउड प्रवेश कि भोजपुरी फिल्म?

काठमाडौं । अभिनेता अनमोल केसी बलिउड फिल्ममा इन्ट्री भन्दै भारतको एक पत्रिकाले समाचार छापेको छ । भारतीय पत्रिका हमारा महानगरका अन्सार अनमोल केसीले बलिउड फिल्ममा अभिनय गर्ने भएका हुन् । जुन समाचारलाई अनमोल केसीले आफ्नो फेसबुकमार्फत शेयर गरेका छन् ।

पत्रिकाले छिट्टै नै नेपाली सुपरस्टार अनमोल केसीले बलिउडमा इन्ट्री लिने भएका छन् भन्दै समाचार छापेको छ । ‘सुप्रसिद्ध म्यूजिक कम्पनी वर्ल्डवाइड रेकर्ड लिमिटेडले निर्माण गर्ने एक हिन्दी फिल्ममा उनले अभिनय गर्ने भएका छन्, यो फिल्मको नाम अझै तय भएको छैन, फिल्मको आधिकारिक घोषणा छिट्टै गरिनेछ,’ पत्रिकाले लेखेको छ, ‘नेपालका लिजेन्ड अभिनेता भुवन केसी र अनमोल केसीका साथमा छिट्टै निर्माण हुने फिल्म भारत र नेपालका अलावा ७४ देशमा पनि रिलिज हुनेछ ।’

समाचारका अनुसार वर्ल्डवाइड रेकडर्सका सञ्चालक नेपाली कलाकारसँग काम गर्न पाउँदा खुशी भएका छन् । 

तर, बाहिर के पनि आएको छ भने उनी भारतको एक भोजपुरी फिल्ममा अभिनय गर्न लागेका हुन् । यता अनमोल केसीले आफ्नो फेसबूकमार्फत भने बलिउडमा इन्ट्री गर्न लागेको भन्दै स्क्रिनसट शेयर गरेका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?