ग्वाटेमालामा ज्वालामुखी विस्फोट : मृत्यु हुनेको संख्या ७५ पुग्यो, १७ लाख मानिस प्रभावित

ग्वाटेमालमा  ज्वालामुुखी बिष्फोट हुँदा हालसम्म ७५ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी मानिसहरु हराइरहेका छन् । आइतबार ज्वालामुुखी बिष्फोट भएयता स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । ज्वालामुुखी बिष्फोटका कारण १७ लाख मानिस विस्थापित भएका छन् । आइतवार बिष्फोट भएको फोएगो ज्वालामुुखी फेरि बिष्फोट हुनथालेपछि उद्धारकर्ताहरुले वरपरका मानिसलाई सुरक्षित स्थानतर्फ लगेका छन् । 
भीरमा रहेका गाउँहरु ज्वालामुखी बिष्फोटका कारण उत्पन्न खरानी र हिलोले छोपिएका छन् । ज्वालामुुखी बिष्फोटबाट निस्किएको खरानी र हिलो खतरनाक भएको बिशेषज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?