१. नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने, २५ वटा समूहबाट एक–एक जना टोलीनेताले मात्रै अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन पाउने
२. जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भनाइ, मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने टिप्पणी
३. नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकीकरण, उत्पादनमा समय खर्चिएर अनुशासनमा बाँध्न सक्नुपर्ने निस्कर्ष
४. हरेक पटकको राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रवक्ता खड्कबहादुर विश्वकर्माको आरोप, स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा
५. सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालयको निर्णय, कुनै किसिमको भेला, हिँडडुल र राजनीतिक सभा गर्न नपाइन
६. निर्वाचन नहुँदा एनआरएनएभित्र बढ्यो अराजकता, पदाधिकारीको इगोले संस्था विघटनको बाटोमा ।
७. भोलि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ, पानिसँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह ।
८. सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको ज्यान गएकोबारे छानबिन गर्न समिति गठन, तीन सदस्यीय छानबिन समितिले घटनाको कारणसहितको प्रतिवेदन सरकारलाई बुझाउने ।
९. मंगलबार नेपालमा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २६० जना संक्रमणमुक्त २ जनाको मृत्यु ।
१०. जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बाँड्यो सात लाख रुपैयाँ बोनस, आईपीओ निष्काशन गर्ने तयारीमा ।
११. सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्से परिसूचक झिनो अंकले घट्दा तीन अर्बमा खुम्चियो कारोबार ।
१२. एलन मस्कको स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनद्वारा चिन्ता व्यक्त, राष्ट्रसंघको अन्तरिक्ष निकायमा चीनद्वारा ध्यानाकर्षण ।
१३. ब्राजिलमा आएको भारी वर्षाका कारण २० जनाको मृत्यु, ३ सय ५८ जना घाइते, पाँच लाख प्रभावित ।
१४. अपराजित रहँदै नेपाली भलिबल टोलीले चुम्यो एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप, उज्वेकिस्तान ३९२ सेटमा पराजित हुँदै उप विजेता ।
१५. र, इंग्लिस प्रिमियर लिग फुटबलको राउण्ड २० अन्तर्गतको खेलमा आज लेइस्टर सिटि र लिभरपुल भिड्दै, दुवै टोली एक–अर्कालाई हराएर अंकतालिका सुधार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया