टन्सिल हुन्छ ? यस्तो छ सजिलो उपचार

लोकपथ
546
Shares

चिसो मौसममा धेरै व्यक्तिलाई कुनै न कुनै किसिमको शारीरिक समस्या भइरहेकै हुन्छ । चिसो मौसममा देखिने धेरै किसिमका शारीरिक समस्याहरू मध्ये टन्सिल पनि मुख्य हो ।

चिसो मौसममा ब्याक्टेरिया र भाइरलको रूपमा देखा पर्ने टन्सिल हुँदा घाँटी सुन्निने, दुख्ने, खोकी लाग्ने गर्छ । यो भन्दा बढी कुनै पनि किसिमको खानेकुरा खान अप्ठ्यारो अवस्था आउने गर्छ ।

जाडो मौसममा चिसो खानेकुरा, अचार, अमिलो खानेकुरा खादा शरीरमा रोग प्रतिरोधी क्षमता कम हुने हुनाले टन्सिलको समस्या बढी देखिने गरेको हो । टन्सिलको समस्या हुँदा धेरैले एलोप्याथिक औषधि सेवन गरेर निको बनाइरहेका हुन्छन् । यस्ता औषधिहरूको सेवनले कहिलेकाहीँ साइड इफेक्ट पनि गर्ने गर्छ । घरेलु औषधिको प्रयोग गरेर पनि टन्सिलको समस्यालाई निको पार्न सकिन्छ । यस्ता किसिमका घरेलु औषधिको कुनै पनि किसिमको साइड इफेक्ट हुँदैन भने यसले शत प्रतिशत टन्सिललाई निको समेत बनाउँछ ।

नुन पानी कुल्ला
मुखमा देखिने धेरै किसिमका समस्याहरूलाई मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने गरेमा सन्चो हुने गर्छ । त्यसैले टन्सिल भएको बेला मनतातो पानीमा थोरै नुन हालेर दिनको दुई तिन पटक कुल्ला गर्ने गरेमा घाँटी र मुखमा रहेका धेरै किसिमका समस्याहरूलाई समाधान गर्छ ।

महको प्रयोग
टन्सिलको समस्यालाई निको पार्न महको पनि प्रयोग गर्न सकिन्छ । एन्टि ब्याक्टेरियल गुण भएको महलाई टन्सिल भएको अवस्थामा खाने हो भने घाँटीको टन्सिलको समस्या हट्ने गर्छ । टन्सिल हुँदा महको प्रयोग दूधमा हालेर वा तातो पानीमा बेसारसँग मिसाएर सेवन गर्दा टन्सिल निको हुन्छ ।

गाजरको रस
गाजरमा धेरै किसिमका एन्टि टक्सिनका तत्त्वहरू रहेका हुन्छन् । जसको सेवनले टन्सिलको समस्यालाई कम गर्न धेरै नै महत्त्वपूर्ण मानिन्छ । टन्सिल हुँदा गाजरको जुस निकालेर पिउने हो भने टन्सिलले दिने पिडालाई कम गर्छ । गाजरको सेवनले कब्जियतको समस्यालाई पनि समाधान गर्न सकिन्छ ।

बाबरीको चिया
विभिन्न औषधीय गुण रहेको बाबरी (पुदिना)मा एन्टि अक्सिडेन्टल गुण रहेको हुन्छ । यही गुणको कारण टन्सिल लगायत घाँटीका विभिन्न किसिमका समस्याहरू हुँदा पनि बाबरीको सेवनलाई राम्रो मानिन्छ । बाबरीको पातलाई उमालेर दिनको तिन पटक चियाको रूपमा सेवन गर्दा पनि घाँटीको टन्सिललाई निको बनाउने गर्छ ।

दूध र बेसार
घाँटीमा हुने टन्सिलको समस्यालाई समाधान गर्न दूधमा बेसार हालेर केही बेर उमालेर पिउनु पनि फाइदाजनक मानिन्छ । उम्लेको दूधमा बेसार र मरीच हालेर सुत्नु भन्दा अगाडी पिउने हो भने घाँटीको टन्सिललाई राहत मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?