जिल्ला प्रशासन सर्लाहीका शाखा अधिकृत घुस लिएको आरोपमा पक्राउ

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सरेशप्रसाद दासलाई ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् । 

अख्तियार दुरुपयो अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा शाखा अधिकृत दासलाई पक्राउ गरेको हो । अधिकृत दासले सेवाग्राहीबाट ५० हजार घुस लिएको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ ।

शाखा अधिकृत दास चढेको बा६च नम्बरको कारमा लुकाइ राखेको अवस्थामा उक्त रकम फेला परेको अख्तियार आयोगको सम्पर्क कार्यालयले जनाएको छ । दासलाई बर्दिवास ल्याउने तयारी भइरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले अधिकृत दासलाई सर्लाहीबाट नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?