कांग्रेसका पाण्डे राष्ट्रिय सभामा दलको नेता चयन

काठमाडौं । कांग्रेस सांसद सुरेन्द्रराज पाण्डे सो पार्टीका तर्फबाट राष्ट्रिय सभा संसदीय दलको नेता चयन भएका छन् ।

पाण्डेलाई सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम कांग्रेसको राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेको कांग्रेस संसदी दलका मुख्य सचेतक बालकृष्ण खाणले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?