विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने सरकारको घोषणा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । विपद् जोखिम न्यूनिकरणका लागि कार्यकारी अधिकारसहितको विपद् जोखिम न्यूनिकरण प्राधिकरण गठन गर्ने घोषणा गरेका हुन् । 

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले प्राधिकरण छिट्टै गठन हुने र त्यसको विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । 

‘नेपालमा हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान बाढिपहिरोलगायतका प्राकृतिक विपत्तिका कारण हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ’ उनले भने ।

त्यस्तै सरकारले विपद् जोखिम न्यूनिकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढ्ने योजना अघि सार्दै गृहमन्त्री थापाले, जोखिम न्यूनिकरणका लागि ऐन, कानुनमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?