१८ चैत्र २०७९, शनिवार

धानमा खैरो फड्के कीराको प्रकोप

२०७४,आश्विन,२५,बुधबार ०८:४६

0
Shares

रामपुर(पाल्पा), २५ असोज ।धानबालीमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ ।पश्चिम पाल्पामा धानको फूल फुल्नासाथ खैरो फड्के कीराको प्रकोप देखा परेको कृषकले बताएका छन् । अर्गली क्षेत्रमा लगाइएको धानबालीमा यसले निकै सताउन थालेको छ ।जिल्लाको धान उत्पादनका लागि मुख्य पकेटक्षेत्र मानिएको अर्गली फाँटमा धानबालीमा खैरो फड्के कीराले बाली नै सखाप पारेको अर्ग कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताए । कीराको प्रकोप बढ्न थालेपछि बोट नै मर्न थालेको छ ।जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले निराकरणका लागि इमिडा क्लोपिरिड नामक विषादीको प्रयोग गर्न कृषकलाई सल्लाह दिएका छन । खेतमा पानी जमिराखेको अवस्थामा सो कीराले धानबालीलाई सताउने उनले बताए ।खैरो फड्के कीराले धान पसाउने बेलामा आक्रमण गर्छ । डाँठमा बसी चुसेर खाएपछि धानको बोट नै मर्छ । यसको रोकथामका लागि कृषकले खेतमा पानी जम्न नदिने र जमेको पानी सुकाए खैरो फड्के कीराबाट बचाउन सकिने पाण्डेको भनाइ छ । यस वर्ष धानको उत्पादन घट्ने चिन्तामा कृषक छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८