काठको बाकसमै विलिन भयो गायक अमर जिसीका सपना

गुल्मी । साउदी अरबमा ४३ दिन अघि मृत्यु भएका लोक गायक अमर जिसीको मंगलबार घरमा बाकसमा शव आइपुगेको छ । 

धुर्कोट गाउँपालिका वडा नम्बर–३, साविकको हाडहाडे १, वर्दवास घर भएका ३२ वर्षीय नेपाली लोकगायक अमर जिसीको सउदीअरबमा उपचारका क्रममा मृत्यु भएको थियो । 

गायक जिसीले मृत्यु हुनु दुई साताअघि मात्रै श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक छु, चिन्ता लिनु पर्दैन, छिट्टै घर आउँछु,’ भनेका थिए ।   

लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । 

धन कमाएर सांगितिक क्षेत्रमा स्थापित हुनकै लागि गायक अमर वैदेशिक रोजगारमा गएको बताइएको छ । 

उनले अन्तिम एल्वमको नाम ‘अन्तिम सम्झना’ थियो । 

जिसीले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई भ्वाइस म्यासेज गरेका थिए । उनले भ्वाईस म्यासेजमा मलाई सच्चो भइसक्यो, भोलि डाक्टरले बोलाएको छ आँखाको अप्रेशन गर्न, मेरो चिन्ता लिर्नुपर्दै, भन्दै सन्तवाना दिएका थिए । उनले भने, छोरा–छोरीलाई कुनै कुरामा दुःख नदिनु, तिमीले पनि धेरै दुःख नकाट्नु, पैसा पठाइ हाल्छु र अब धेरै विदेश बस्दिना छिट्टै आउछु भन्दै श्रीमतीलाई मिठा मिठा सपना देखाएका सपना अधूरो नै रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?