इरान विश्वकपको लागी रसिया पुग्ने पहिलो टिम

फिफा विश्वकप फुटबल सुरु हुन् ८ दिनमात्र बाकी छ तर इरानको राष्ट्रिय फुटबल टिम भने बुधबार नै रसिया पुगेको छ ।

योसँगै विश्वकप फुटबलका लागि टिमहरु रसिया आउने क्रम सुरु भएको छ ।  जेठ ३१ देखि सुरु हुने विश्वकप लागी रसिया पुग्ने इरान पहिलो टिम हो । इरानका प्रशिक्षक कार्लोस क्युरोजले रसिया पुगेपछि आफ्नो टिमको सपना साकार भएको बताएका छन् ।

आफ्नो अथक परिश्रम र त्यागले इरान विश्वकपमा छनोट हुन सफल भएको समेत जानकारी दिए । रसिया पुगेको इरानले अब मस्कोमा रहेको लोकोमोटिभ बाकोभ्का ट्रेनिङ सेन्टरमा अभ्यास गर्नेछ । साथै जुन ८ मा लिथुनिया विरुद्ध मैत्रिपुर्ण खेल पनि खेल्नेछ । समूह ’बी’ मा परेको इरानसँगै  युरोपियन च्याम्पियन पोर्चुगल, पूर्व विश्वविजेता स्पेन र मोरक्को छन् ।

इरानले १५ जुनमा मोरक्को विरुद्ध पहिलो खेल खेल्नेछ । इरान सन् २०१८ को विश्वकपमा छानिने पहिलो एसियन टिम बनेको थियो । इरान एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’ को विजेता बन्दै विश्व कपका लागि छानिएको हो ।

इरानले विश्व कप खेल्न लागेको यो पाँचौ पटक हो । यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ मा पनि खेलेको थियो । विश्व कपमा इरान दोस्रो चरणको यात्रासम्म तय गर्न सकेको छैन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?