अर्जेन्टिना र इजरायलविचको मैत्रीपूर्ण खेल रद्ध

पूर्व विश्वविजेता अर्जेन्टिनाले राजनीतिक कारण देखाउँदै इजरायलसँगको मैत्रीपूर्ण फुुटबल खेल  रद्ध गरेको छ ।

अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा हुने तय भएको थियो । इजरायल र प्यालेस्टाइनबीचको तनाब र गाजा क्षेत्रमा इजरायली सेनाको ज्यादीको कुरा उठेपछि विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले अभ्यास खेल  रद्ध गरेको जनाएको हो ।

गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ । यस अधि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई ७० जना बालबालिकाहरुको एक समूहले पत्र लेखेर इजरायलसँग फुटबल नखेल्न अपिल गरेको थियो ।

अर्जेन्टिनी सन्चार माध्यमहरुका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीलाई फोन गरेर खेल स्थगित गर्न भनेका थिए । पछिल्लो खबरअनुसार गाजामा इजरायली सेनाले १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् ।

मंगलबार राती नै भएको अर्को मैत्रीपूर्ण खेलमा चिलीले सर्बियालाई १–० गोल अन्तरले पराजित गरेको छ । यता आयोजक राष्ट्र रुस र टर्कीविचको खेल भने १—१ गोलको बराबरीमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?