जिमेलमा स्मार्ट कम्पोज नामक नयाँ फिचर

काठमाडौं । गुगल कम्पनीले जिमेलमा पनि स्मार्ट कम्पोज नामक नयाँ फिचर ल्याउने घोषणा गरेको छ । 

यस नयाँ फिचरका कारण इमेल कम्पोज गर्दा वाक्य वा शब्दहरु सुझावका रुपमा आर्टिफिसियल इन्टेलिजेन्स तगा मेसिन लर्निङमार्फत प्राप्त हुने छ । 

त्यस्तै इमेलका लागि आवश्यक शब्द टाइप गर्दा नै सुझावका रूपमा ती वाक्य वा शब्द आउनेछन् । 

गुगलले आगामी केही साता भित्रै यो सुविधा उपलब्ध गराउने योजनामा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?