दुर्लभ रेडपान्डाको छालासहित एक जना पक्राउ

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–७ स्थित फुटुङबाट प्रहरीले  प्रतिबन्धित दुर्लभ बन्यजत्यु रेडपान्डासहित एक जनालाई पक्राउ गरेको छ । 

रेडपाण्डाको कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महनगरीय प्रहरी वृत्त बालाजुबाट प्रहरी नायव निरीक्षक शेर बहादुर बस्नेतको कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले रसुवाको  कालिका गाउँपालिका ३  राम्चे  घर भई फुटुङ बस्दै आएका  काजी तामाङलाई एक थान दूर्लभ वन्यजन्तु रेडपाण्डासहित  पक्राउ गरेको हो । 

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?