काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतीय समकक्षी विपिन रावतको औपचारिक निमन्त्रणमा आज भारत जादै छन् ।
प्रधानसेनापति क्षत्रीको यस पटकको भारत भ्रमण छ दिने रहेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशानलयका अनुसार, क्षत्री देहरादुनस्थित भारतीय मिल्ट्री एकेडेमीमा आयोजना हुने दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने छन् ।
भारत–गोर्खा पल्टनका अधिकृत क्याडेटहरु तालिमरत उक्त एकेडेमीबाट भारतीय सेनाका अधिकृत क्याडेटहरु दिक्षित हुदै छन् ।
प्रभानसेनापति क्षत्रीको यस किसिमको भारत भ्रमणले नेपाल र भारतबीचको सैनिक तथा कुटनीतिक सम्वन्धलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
यसअघि महाशिवरात्री तथा सैनिक दिवसको अवसरमा भारतीय सेनाध्यक्ष विपिन रावत पनि विशिष्ट अतिथिको रुपमा नेपाल भ्रमणमा आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया