बाणिज्य बैंक र बीमा संस्थानलाई मन्त्री बस्नेतको यस्तो चेतावन

काठमडौं । विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको सहभागितामा बुधबार राजधानीमा सरसफाई कार्यक्रम भयो । 

हजारौंको संख्यामा स्वयंसेवकहरु सहभागी सरसफाई कार्यक्रम टुँडिखेल अगाडिबाट सुरु भएर भदकाली, सिंहदरबार पश्चिम गेट, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अनन्नपुर्ण न्युरो अस्पताल अगाडि पुगेर समापन गरियो । ‘वी लभ यु फाउण्डेशन नामक फाउण्डेशनले आयोजना गरेको सरसफाई कार्यक्रमको मन्त्री बस्नेत स्वयंले नेतृत्व गरेका थिए ।

मुखमा माक्र्स र हातमा कुचो लिएका मन्त्री आफैं सरसफाइमा सहभागी हुनुभयो । सरसफाइका क्रममा राष्ट्रिय बाणिज्य बैंकको केन्दीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहोरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहोर हटाउन निर्देशन दिए । ‘तपाईंहरुले आफनो कार्यालय अगाडि थुपार्नुभएको फोहोर तत्काल हटाउनुस’, बस्नेतले भने, ‘यदि आगामी दिनमा पनि यस्तो फेला पारियो भने कारबाही गर्छु ।’ उनले कार्यालय अगाडि फोहोर जम्मा पार्ने सरकारी कार्यालयलाई पहिलो चरणमा उक्त फोहोर हटाएर आउँदा दिनमा त्यसो नगर्न निर्देशन दिने र निर्देशन पालना नभएको खण्डमा जरिवाना लगाउने स्पष्ट गरे ।

यस्तै सिंदरबारभित्र र बाहिरका चमेना गृहहरुले फोहोर व्यवस्थापन गर्ने नगरेको पाइएपछि उहाँले तत्काल उक्त कार्य रोक्न निर्देशन दिए । सरकारले नागरिकको स्वच्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हकको ग्यारेण्टीका लागि विश्व वातावरण दिवसका अवसरमा मंगलबार नेपाल स्वच्छ वातावरण महाअभियानको थालनी गरेको भन्दै सहरी क्षेत्रमात्र नभई गाउँगाउँसम्म अभियान पु¥याउने जानकारी दिए । ‘राजधानी र सहरमा मात्र होइन, हामी मुलुकका ७७ वटै जिल्ला, सबै स्थानीय तह हुँदै टोलटोल र घरघरमा सरसफाई अभियान पु¥याउँछौं’, उनले भने । मन्त्री बस्नेतले स्वच्छ वातावरण निर्माणका लागि सरकारले चालेकको कदममा साथ दिन आम नागरिकलाई अपिल पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?