प्रेमकुमारी र सागरलाई स्वर्ण पदक

 

निन्जा उसु क्वानकी प्रेमकुमारी आले मगरले अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको महिला नान छ्वानमा स्वर्ण पदक जितेकी छन् । 

शिअ उसु क्वानकी अलिशा खाती दोश्रो र बलम्बु उसु क्वानकी अनुषा महर्जन तेश्रो भए । राष्ट्रिय खेलकुद परिषदद्धारा आयोजित प्रतियोगिताको पुरुष नान् छ्वानमा पशुपति उसु क्वानका सागर खड्का पहिलो, बलम्बुका प्रवीण लामा दोश्रो र काठमाडौंका अम्बरबहादुर पुलामी तेश्रो भए ।

महिला छाङ छ्वानमा बलम्बुकी अस्मिता श्रेष्ठ पहिलो, शिअकी एलिशा खाती दोश्रो र बुद्ध प्रकाशकी मुना मगर तेश्रो भए । थाइची छ्वानको पुरुषमा कैलाली उसु क्वानका जनक बुढा तथा महिलामा बुद्ध प्रकाशकी सम्झना लिम्बूले पहिलो स्थान हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?