काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन हुन बाँकी १६ जिल्लामा अधिवेशन गर्ने मिति तोकेको छ । कांग्रेसको आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन हुन बाँकी १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
प्रदेश २ का ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, पर्सा, महोत्तरी, रौतहट र बारा) र बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन रोकिएको थियो ।
यस्तै, गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला, लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन हुन बाँकी छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ ।
कांग्रेसले महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया