मकवानपुरमा चट्याङ लाग्दा दुर्इको मृत्यु, ४ घार्इते

हेटौंडा : मंगलबार राती परेको चट्याङले भेट्दा मकवानपुरमा हजुरअामा र नातीको मृत्यु भएको छ। चार जना घार्इते भएका छन् । 

चट्याङ लागेर बकैया गाउँपालिका-९ का छलिमायाँ तामाघ र उनीकी १५ महिने नाती बालक थिङको मृत्यु भएको हो । चट्याङ लागेका उनीहरूलार्इ उपचारका लागि हेटाैंडा अस्पताल पठार्इएपनि बचाउन नसकिएको हो । 

च्याउच्याउका ४ जनालार्इ पनि चट्याङले घार्इते बनाएको छ । उनीहरूलार्इ उपचारका लागि हाल काठमाडाैं ल्यार्इएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?