अपांगता भएका व्यक्तिको उच्च शिक्षाका लागि सहयोग

पोखरा, २५ असोज ।शारीरिक अपांगता भएका एक व्यक्तिको उच्च शिक्षा अध्ययनका लागि रु एक लाख १३ हजार २६५ सहयोग गरिएको छ ।चितवन निवासी शारीरिक अपांग भरत तमुलाई सो आर्थिक सहयोग गरिएको हो ।तमु धी नेपाल कास्कीको सक्रियतामा विभिन्न तमु महानुभावबाट संकलित उक्त रकम संस्थाकी अध्यक्ष कर्म तमु तथा भरत तमु सहयोग समितिकी संयोजक लक्ष्मी तमुले संयुक्त रुपमा उक्त रकम उनलाई हस्तान्तरण गरेकी हुन ।भरतले गत वर्षको एसईर्ई परीक्षामा मुखमा कलम च्यापेर लेखी उत्तीर्ण भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?