ट्रम्प – किम वार्ता सेन्टोसा आइल्यान्डमा हुने

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्टोसा टापूमा हुने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाए अनुसार दुई नेताको शिखर बैठक सेन्टोसा टापू स्थित क्यापेला होटलमा हुनेछ ।

यसअघि कतिपयले सांग्रिला होटलमा हुने भनिएको  प्रवक्ता सारा स्यान्डर्सले क्यापेलामा हुने पुष्टि गरेकी छिन् ।

६३ टापूहरूको देशको रूपमा रहेको सिंगापुरको एउटा टापू सिन्टोसा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?