माओवादीको समूहगत छलफल पेरिसडाँडादेखि पार्टीप्यालेससम्म

लोकपथ
49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

१) जेष्ठ कम्युनिस्ट मञ्च (प्रज्ञा भवन)
२) सल्लाहकार परिषद (प्रज्ञा भवन)
३) सल्लाहकार परिषद  (प्रज्ञा भवन)
४) प्रदेश १ क (भानुभक्त हल प्रज्ञा)
५) प्रदेश १ ख (भानुभक्त हल प्रज्ञा)
६) प्रदेश २ क (पारिजात हल प्रज्ञा)
७) प्रदेश २ ख (पारिजात हल प्रज्ञा)
८) लुम्बिनी क (पुस्तकालय हल प्रज्ञा)
९) लुम्बिनी ख (पुस्तकालय हल प्रज्ञा)
१०) गण्डकी क (पेरिसडांडा)
११) गण्डकी ख (पेरिसडांडा)
१२) प्रवास (पेरिसडांडा)
१३) कर्णाली क (ए वान पार्टी प्यालेस)
१४) कर्णाली ख (ए वान पार्टी प्यालेस)
१५) सुदुपश्चिम क (ए वान पार्टी प्यालेस)
१६) सुदुपश्चिम ख  (ए वान पार्टी प्यालेस)
१७) विभाग क (क्वालिटी ब्याङ्क्विट)
१८) विभाग क (क्वालिटी ब्याङ्क्विट)
१९) उपत्यका विशेष प्रदेश (क्वालिटी ब्याङ्क्विट)
२०) सम्पर्क समन्वय क (क्रिष्टल पार्टी प्यालेस)
२१) सम्पर्क समन्वय ख(क्रिष्टल पार्टी प्यालेस)
२२) वागमती क (वानेश्वर ब्याङ्क्विट)
२३) वागमती ख(वानेश्वर ब्याङ्क्विट)
२४)  आयोग (काठमाडौं ब्याङ्क्विट)
२५) जवस,मोर्चा इन्चार्ज ,कार्यालय,एकता (काठमाडौं ब्याङ्क्विट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?