१ भाद्र २०७९, बुधबार

कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी

२०७५,जेष्ठ,२३,बुधबार ०४:३७

0
Shares

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । यही जेठ २३, २४, २५ र २६ गते घरघरै पुग्नका लागि नगरपालिकाले चार दर्जनभन्दा बढी सङ्खयामा स्वयम्सेवी कार्यकर्तालाई तालीम दिएको छ । तालीम पाएका तिनै व्यक्तिहरु खोजपड्तालमा जानेछन् । खोजपड्ताल टोलीमा महिला र पुरुष दुवै हुनेछन् । टोलीले शङ्का लागेमा शरीरको पूरै जाँच गरी कुष्ठरोगको लक्षण पहिल्याउनेछन् । 

एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने र मासु र स्नायु लट्ठिने भएकाले रोगीले उपचारमा बेवास्ता गर्दा कुष्ठरोग निवारणमा समस्या आइरहेको मेचीनगरकी स्वास्थ्य संयोजक शशिकला राई बताए । 

शरीरका विभिन्न अङ्गमा फुस्रो र नचिलाउने दाग आउनु, स्नायु लट्ठिनु, छाला वा घाउमा घोच्दासमेत नदुख्नु आदि यस रोगका लक्षण हुन् । झापा जिल्लामा ५२१ जनाले कुष्ठरोगको औषधि सेवन गरिरहेको र नियमित औषधि सेवनबाट रोग निको हुने संयोजक राईले बताए ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२३,बुधबार ०४:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । ६ हजार ३

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले श्रावणको अन्तिम सोमवार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर,

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५