काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १० हजार ८८६ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ हजार १५७ जनाको नमुना परीक्षणमा २५१ जना र एन्टीजेन विधिबाट १ हजार ७२९ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा २२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ ।
बितेको २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया