विश्वअर्थतन्त्रलाई धक्का लाग्ने चेतावनी

एजेन्सी : विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच देखिएको व्यापार युद्धको तनावले विश्व अर्थतन्त्रलाई धक्का लाग्ने चेतावनी विज्ञहरूले दिन थालेका छन् । अमेरिकाको सिकागोमा अर्थशास्त्रका प्रोफेसर तथा भारतीय रिर्जभ बैंकका पूर्व गभर्नर रघुराम राजनले यस्तो चेतावनी दिएका हुन् ।

व्यापार युद्धको तनाव सक्दो चाँडो समाप्त पार्न नसकिए यसको असर विश्वअर्थतन्त्रमा पर्ने उनले जनाए ।

सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनले यस्तो चेतावनी दिएका हुन् । महसुल थप्ने धम्की विभिन्न देशबाट आउन थालेको विषय आफैमा गम्भीर भएको बताउँदै राजनले यसबाट लगानीकर्ताले लगानी लगाउने बारेमा सत्तर्क हुन खोज्छन् ।

यस्तो अवस्थामा लगानीको अवस्था कमजोर हुन्छ । लगानीको अवस्था कमजोर भए उत्पादकत्वमा कमी आई कुल गार्हस्थ्य उत्पादन जीडीपीमा ह्रास आउनेछ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडा,मेक्सिको र युरोपबाट उत्पादन हुने फलाम र अल्मुनियममा महसुल बढाएकाछन् ।

यी देशहरूले पनि अमेरिकामाउत्पादित वस्तुमा महशुल लगाउने चेतावनी दिइसकेका छन् ।

उता चीन र अमेरिकाबीचको तनाव पनि मत्थर हुने देखिएको छैन् ।अमेरिकाका वाणिज्यमन्त्री विलबर रोस बिना कुनै सम्झौता स्वदेश फर्के ।

राजनका अनुसार अमेरिकी सरकारले विश्वव्यापी नियमनको आधारमा हिडने विषयलाई खारेज गरेको देखिएको छ । अमेरिकाले आफ्नो सैनिक ताकतको भरमा राजनीतिक सञ्चालन गर्न खोजेको थियो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?