काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानबिन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन् ।
सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश समशेरको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानबिन गर्नुपर्ने माग राखेर आन्दोलन जारी राख्ने बताएका हुन् । अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश समशेर भएकाले उनको सम्पति छानबिन हुनुपर्ने बताए । उनले बारले दुई महिना देखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्टचार विरुद्धमा आन्दोलन गर्दै आएको बताए । उनले आन्दोलनका कारण केही हदसम्म न्यायलयका विचौलीयाले गर्ने चलखेल रोकिएको बताए ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बिचौलीयाहरुको आधारमा कमाएको सम्पति कहाँ कति छ छानबिन गर्ने नागरिक समाजले मागको सुरुवात गरेको बताए । उनले अब प्रधानन्यायाधीश जबरा,उनका नातेदार,विचौलीया न्यायाधीशहरुको समेत सम्पति छानबिन गर्नुपर्ने बताए ।
अध्यक्ष श्रेष्ठले भने,’विगत दुई महिना देखि न्यायापालिकामा भएको भ्रष्टचार,विकृति,विसंगति सुधारको लागि आन्दोलन जारी राखेका छौं । न्यायालयको सुधारको बाधक प्रधानन्यायाधीश जबराको राजीनामा पहिलो माग हो । आन्दोलनको सुरुवातमा बारले विचौलीयाका आधारमा गठन हेने बेन्च गठन गर्ने अधिकार खोसेका छौं ।अहिले बेन्च गठन गोला प्रणाली मार्फत सर्वोच्च अदालतमा मंसिर १५ गते देखि लागू भएको छ । अब माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतहरुमा पनि विचौलियाले आफूखुसी न्यायासम्पालनको लागि न्यायाधीश तोक्ने र विचौलिया मार्फत भष्टचार गर्ने कामहरु रोकिन्छ । केही दिनपछि नियामवली बन्दै छ ।’
प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले कार्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया