काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो ।
जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् । यसैगरी प्रदेश नम्बर १ को दुईसमूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका छन् ।
यस्तै प्रदेश नम्बर २ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ । यस्तै लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङले गरेकी छन् ।

यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् । पन्त, केसी र गुरुङ नेृतत्वको टोलीलाई पनि दुई–दुई समूहमा विभाजन गरिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।
पुँजीपतिहरुको अतृप्त भोकले समाजमा बेरोजगारी बढ्यो,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारको बन्दसत्रमा आफ्ना राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आफ्नो प्रतिवेदनमा प्रचण्डले मानवसभ्यता विकास, विश्वपरिघटना उल्लेख गर्दै विश्वकम्युनिस्ट आन्दोलनका विविध पक्षबारे उल्लेख गरेका छन् ।

माओत्सतुङको नेतृत्वमा सम्पन्न भएको चिनियाँ क्रान्तिसँगै विश्वमा क्रान्तिको लहर आएको उल्लेख गर्दै रुसमा समाजवाद निर्माणका सन्दर्भमा क्रान्ति तथा प्रतिक्रान्तिकारी घटना÷परिघटनाका विविध पक्षका विषयमा पनि चर्चा गरेका छन् । यस्तै पुँजीलाई उत्पादनको क्षेत्रमा भन्दा वित्ती क्षेत्रमा परिचालन गरेर छोटो समयमा अत्यधिक मुनाफा गरिने प्रवृत्ति पुँजीपतिहरुमा रहेको बताएका छन् । यसलाई प्रचण्डले वित्तीय पुँजीवादको विशेषताका रुपमा उल्लेख गरेका छन् ।
प्रचण्डले उत्पादनमूलक क्षेत्रमा नभइ बित्त क्षेत्रमा पुँजी पलायन हुनुले समाजवादीमा बेरोजगारीलगायका अनेक समस्या उत्पन्न गराएको पनि उल्लेख गरेका छन् । वित्तीय क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण नै पुँजीपतिहरुको छोटो समयमा धेरै नाफा कमाउने उद्देश्य नै प्रमुख रहेको प्रचण्डको भनाइ छ ।
‘यो पुँजीपतिहरुको अतृप्त लोभ र अतृप्त भोक नै हो । उत्पादन क्षेत्रमा धेरै समय खर्चिनुपर्ने, नाफा कम आउने कारणले पनि छोटो समयमा नाफा गर्न सेयर बजार, धितोपत्र खरिदबिक्री, घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन्’, प्रचण्डले भने।
प्रचण्डले अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादीहरुले समेत वित्तीय एकाधिकारको प्रयास गरेको पनि आरोप लगाएका छन् । उनले दलाल पुँजीवादको सहारामा विभिन्न हर्कतका कारण नवऔपनिवेशवाद लाद्ने प्रयास भइरहेको पनि बताएका छन् ।
प्रचण्डको राजनीतिक प्रतिवेदन : राजनीति निकै तरल र चुनौतिपूर्ण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका छन् । पार्टीको महाधिवेशन अन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशको राजनीति निकै तरल र चुनौतिपूर्ण रहेको बताएका हन् ।

‘देशको राजनीति निकै तरल र चुनौतिपूर्ण छ । निरंकुश तत्तहरुले टाउको उठाइरहेका छन्’, प्रचण्डले आफ्नो प्रतिवेदन बाचन गर्दै भने, ‘देशभित्रको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थीहरुको मोर्चाबन्दीबाट सचेत हुनु जरुरी छ ।’
प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा जनताको व्यापक सहभागिताले उनीहरु परिवर्तनको पक्षमा रहेको प्रष्ट भएको पनि उल्लेख गरे । प्रचण्डले वाम लोकतान्त्रिक शक्तिबीचको आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारका सेटिङ भत्काउन सकिएको पनि प्रचण्डले बताए ।
प्रचण्डले नयाँ–नयाँ शैलीमा प्रतिगमनको प्रयास गर्ने क्रम नरोकिएको पनि बताए । उनले परिवर्तनको रक्षा गर्नु पार्टीको प्रमुख जिम्मेवारी रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया