भारतीय रेल यात्रु सावधान, गुन्टाभारी बढी भए जरिवाना ६ गुना

एजेन्सी : भारतीय रेलबाट यात्रा गर्ने यात्रुहरूले सावधानी अपनाउनुपर्ने भएको छ । पहिलो जस्तो जति मनलाग्यो त्यति गुन्टाभारी बोकेर भारतको रेल यात्रा गर्दा ६ गुना जरिवाना तिर्नु पर्ने हुन्छ ।

चेकजाँचबाट पास भइहाल्यो भने केही छैन् तर समातिएमा रेल्वे बोर्डको ३० वर्ष पुरानो कानुन अनुसार यात्रुलाई ६ गुना जरिवाना तिराइनेछ । यसका लागि रेल्वेले जुनको पहिलो सातामा जनजागरण अभियान सञ्चालन ग¥यो ।

रेल्वेको विभिनन क्लासमा विभिन्न किसिमका सामान लान पाउने सीमा तोकिएको छ । त्यो सीमा भित्र निशुल्क र अतिरिक्त शुल्क तिरेर सामान लान पाउने प्रावधान रहेको छ ।

रेल्वे बोर्डका सूचना तथा प्रसारण निर्देशक वेद प्रकाशले जनाए अनुसार स्लिपर क्लासमा टिकट काटेका कुनै यात्रुले ८० किलोग्राम लिएर ५०० किलोमिटरको यात्रा गरिरहेको छ भने त्यो यात्रुलाई ४० किलो सामानको अतिरिक्त शुल्क बुझाउनुपर्ने हुन्छ ।यसका लागि १०९ रूपैयाको टिकटले सामानको बुकिंग गराउन सकिन्छ ।

यस्तो नगरिएको अवस्थामा चेकजाँचकीको फेला पर्दा यात्रुलाई ६५४ रूपैया जरिवाना बुझाउनु पर्ने हुन्छ । 

बेद प्रकाशका अनुसार यो नियम रेल्वे बोर्डसँग थियो तर यसको कडाइका साथ पालना गरिएको थिएन् । अब कडा गरिने भएको छ ।

उनका अनुसार एसी फस्ट क्लासमा १५० किलोग्रामको सीमा तोकिएको छ । यसमा यात्रा गर्दा ७० किलोग्राम सामान निशुल्क लान पाइने भयो । ८० किलोग्रामको अतिरिक्त भाडा तिर्नुपर्ने हुन्छ ।

एसी टू टायरमा १०० किलोग्राम सीमा छ यसमा ५० किलोग्राम निशुल्क  छ । स्लिपर क्लासमा ८० किलोग्रामको सीमा छ यसमा४० किलोग्राम निशुल्क छ ।

सेकेन्ड क्लासमा ७० किलोग्रामको सीमा छ । यसमा ३५ किलोग्राम निशुल्क बाँकीका लागि अत्तिरिक्त टिकट बुकिंग गर्नुपर्ने हुन्छ । अतिरिक्त वजनका लागि पार्सल अफिसबाट बुकिंग गराउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?