पेट्रोलियम पदार्थको मूल्य अरु बढ्न सक्ने

काठमाडौँ–नौ महिनादेखि निरन्तर ओकालो लागेको पेट्रालियम पदार्थको मूल्य अझ बढ्दै जाने सम्भावना छ । २०७४ असोज १६ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहेको छ । त्यसबेला पेट्रोल प्रतिलिटर ९८ रुपियाँ थियो भने अहिले ११३ रुपियाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल ७४ बाट ९५ पुगेको छ । मूल्य घट्नुभन्दा पनि बढ्ने सम्भावना रहेको नेपाल आयल निगमको दाबी छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु तथा अमेरिकी डलरको सटही दर वृद्धि हुनु पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने प्रमुख कारण हुन् । हाल अन्तर्राष्ट्रिय बजारमा भने कच्चा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल पेट्रोलियम मूल्य ८० डलरबाट घटेर ७५।२९ डलरमा झरेको छ तर दुई–चार दिन घट्नुले नेपाललाई खासै असर नगर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले दाबी गरे ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?