ट्रम्प र किमको सुरक्षामा गोर्खा !

सिङ्गापुर- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् ।
जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी हुन आउँदा दुबै नेताले आ–आफ्नै सुरक्षा दस्ता ल्याउने भए पनि सम्मेलन स्थल, सडक र होटलको सुरक्षा गोर्खाहरूले गर्ने त्यहाँको भिआईपी सुरक्षाका जानकार एक कुटनीतिज्ञलाई उद्धृत गर्दै रोयटर समाचार संस्थाले समाचार दिएको छ ।
सिङ्गापुरमा धेरै कम मात्रामा देखिने गोरखालीहरू केही दिन अघि मात्रै भएको ‘साँग्रीला डायलग’ कार्यक्रममा समेत सुरक्षाका लागि तैनाथ भएका थिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी रक्षामन्त्री जेम्स माथीस र त्यस क्षेत्रका अन्य मन्त्रीहरू समेत उपस्थित थिए , गाेरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?