यसरी बनाउँदैछ कांग्रेसले छाया सरकार

काठमाडौं–संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी महासमिति बैठकपछि छाया सरकार गठन गर्ने तयारी गरेको छ ।
सरकारको गतिविधिलाई खबरदारीसहित थप जिम्मेवार र संसदीय अभ्यासलाई बलियो बनाउन भन्दै कांग्रेसले सरकारको छायाका रूपमा छाया सरकार बनाउने तयारी गरेको हो ।

छाया सरकार बनाउदा मन्त्री नतोकी सम्बन्धित विषयमा विज्ञ मानिएका व्यक्ति संयोजक तोकिने भएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छाया सरकारमा मन्त्री नभएर विषय विज्ञताका आधारमा संयोजक रहने बताए । ‘छाया सरकारमा मन्त्री होइन, विषय विज्ञताका आधारमा संयोजक तोकिन्छ, छाया सरकारको काम सरकारले गरेका विषयमा विषयगत संयोजकहरूले निगरानी गर्ने हो, त्यहीअनुसारको भूमिका छाया सरकारका संयोजकको रहन्छ,’ प्रवक्ता शर्माले  भने ।
उनले आगामी असारमा जिल्ला सभापतिहरूको भेला र भदौमा महासमिति बैठक डाकिएकाले सो भेलापछि छाया सरकारको अभ्यास थालिने जानकारी दिएका हुन् । कांग्रेसले छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जनआकांक्षालाई ध्यानमा राखेर काम गर्ने समेत बताइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालले पहिले केन्द्र र प्रदेशमा, त्यसपछि स्थानीय तहमा छाया सरकारको अभ्यासमा  जाने बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?