पाल्पामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु

पाल्पा : मंगलबार बेलुकी भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

माथागढी गाउँपालिकास्थित रुप्सेमा लु ३ च १९५३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा माथागढी गाउँपालिका-३ का जीवन कुमालको मृत्यु भएको हो । 

रूप्सेको खहरेखोलातर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि घार्इते भएका राहुल कुमालको अहिले तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?