हाईड्रोपावरको पाइप पड्किएर २ जनाको मृत्यु

लोकपथ
189
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चनस्थित ८६ हाईड्रोपावर हाउसमा काम गर्ने क्रममा फलामको पाइप मा पानी हाली टेस्ट गर्दा पाईप अचानक पड्किँदा २ जनाको आइतबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अछाम घर भएका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रे धुलीखेल नगरपालिका-५ बस्ने २९ वर्षीय अर्जुन थापा रहेका छन् । पाईप पड्किँदा गम्भीर घाइते भएका उनीहरुलाई प्रभु एयरको हेलिकप्टरद्वारा मिसन अस्पताल ओखलढुंगातर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

साथै घाइते भएका सिरहा औरही गाउँपालिका-२ बस्ने २९ वर्षीय मो.जावेतर राईनलाई उपचारका लागि सिम्रिक हेलिकप्टद्वारा ग्राण्डी अस्पताल काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?