१४ वर्षीया किशोरी बलात्कारको अभियोगमा युवक पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपश्चात लाक्पालाई सोही नगरपालिका-४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?