राजपाको वैधानिकता संकटमा, अब के होला ?

काठमाडौं–आफैले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिति उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ ।

मधेस केन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असार  मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो ।

‘हामीले सबै समसामयिक विषयमा छलफल गर्यौँ, ’ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ ।’ आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?